बुधबार १४ कार्तिक २०८१
समाज

‘सिधा कुरा’विरुद्ध अदालतको अवहेलना मुद्दा ९ न्यायाधीशको बृहत् पूर्ण इजलासमा

बिहीबार श्रावण १७, २०८१/ Thursday 08-01-24

काठमाडौं ।  अदालतको अवहेलना गरेको ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानल तथा एक व्यक्तिविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पेसी चढेको छ ।

सर्वोच्च अदालतले सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालगायतविरुद्ध अदालतको अवहेलना मुद्दा ९ जना न्यायाधीशको बृहत् पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो । बृहत् पूर्ण इजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेका छन् ।

'सिधा कुरा'नामको अनलाइनले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा नै असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए ।

'सिधा कुरा'ले तयार पारेको अडियो सामग्री भ्रमक र असत्य भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ । प्रहरीले तयार पारेको प्रतिवेदनका आधारमा सिधा कुराका प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । 

तपाईको प्रतिक्रिया