बुधबार १४ कार्तिक २०८१
खेलकुद

वल्ड बुदो मार्सल आर्टमा पदक विजेत खेलाडीलाई सम्मान

मंगलबार कार्तिक १३, २०८१/ Tuesday 10-29-24

काठमाडौं । नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले अजरबैइजानको बाकुमा वल्ड बुदो मार्सल आर्टमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। 

मंगलबार त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिष्द् राखेपमा भएको सम्मान तथा शुभ दिपावली न्हुदया भिन्तुना ११४६, छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रममा खेलाडीलाई पनि सम्मना गरिएको हो। 

सम्मान कार्यक्रममा संघका अध्यक्ष वीरकृष्ण महर्जन, प्रमुख अतिथि नेपाल क्योकुसिन करातेका संस्थापक एवं पुर्वमन्त्री जगतप्रसाद गौचन र जिल्ला खेलकुद विकास समिति काठमाडौँका अध्यक्ष भाइकृष्ण बलामी लगायतले सम्मान गरेका थिए।  

उक्त प्रतियोगितामा ब्रिनिस महर्जन ३० केजी समूहमा, ७५ केजीमा बीरचन्द्र महर्जन र ७८ केजीमा सतीस बलामीले गोल्ड मेडल जितेका थिए भने ५८ केजी समूहमा ज्ञानेन्द्र कुमार हमालले रजत जितेका थिए। गोल्ड मेडल विजेतालाई नगद १० हजार तथा रजत विजेतालाई नगद ५ हजारले सम्मान गरेको थियो।

सो प्रतियोगितामा प्रशिक्षणमा वीरकृष्ण महर्जन र निर्णायकमा पूजा लामा सहभागी भएका थिए। यस्तै, नेपाल बुदोकै–दो फुट कन्ट्याक्ट संघले निर्णायक पूजा लामालाई नगद ५ हजारसहित सम्मान गरेको छ।

तपाईको प्रतिक्रिया