बिहीबार २९ कार्तिक २०८१
समाज

नेपाल र बंगलादेशको खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था

बुधबार कार्तिक १४, २०८१/ Wednesday 10-30-24

काठमाडौं । नेपाल-बंगलादेशबीचको साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो।

कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।

करिडोर क्षेत्रमा दुई पांग्रे र चार पांग्रे सवारीसाधन राख्न सकिनेछ। काठमाडौंको भ्यूटावर पुरानो बसपार्कमा पनि दुई पांग्रे र चार पांग्रे राख्न सकिनेछ। 

धरहरामा पनि दुई पांग्रे सवारीसाधन पार्किङ गर्न सकिन्‍छ। नेपाल-बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरू हुँदैछ। 

 

तपाईको प्रतिक्रिया