बुधबार १४ कार्तिक २०८१
समाज

नेपाली समाजलाई फेक न्युजबाट बचाऔँ : उपप्रधानमन्त्री सिंह

बुधबार कार्तिक १४, २०८१/ Wednesday 10-30-24

काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।

 नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले फेक न्युज रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।  

‘आफ्नो पेशाबाट तपाईंहरूले नेपाली समाजलाई फेक न्युजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।’

व्यवस्था बदलिए पनि अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको जिकिर गरे । 

 

तपाईको प्रतिक्रिया