बुधबार १४ कार्तिक २०८१
समाज

न्याय नपाएको भन्दै मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन

बिहीबार श्रावण १७, २०८१/ Thursday 08-01-24

काठमाडौँ ।  सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी पीडितहरूले सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको विरोधमा  बिहीबार मानव साङ्लो बनाएर विरोध गरेका छन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् । 

सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया