बुधबार १४ कार्तिक २०८१
अर्थ

२८०० नाघेर घट्यो सेयर बजार, २१ अर्ब ७१ करोडको कारोबार

बिहीबार श्रावण १७, २०८१/ Thursday 08-01-24

काठमाडौं । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक (नेप्से) ५.२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर मार्केट आजमा आज सामन्य करेक्सन आएको हो ।

यसदिन नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ । दिनभरीको कारोबारमा ६३ अंकको करेक्सन भएको थियो । नेप्से २८०५.५७ विन्दुसम्म पुगेर २७४२.५३ विन्दुसम्म झरेको थियो । तर, अन्तिममा बजार स्थिरजस्तै देखिएको छ ।

७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ । आज पनि हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक मूल्यको भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको परिसूचक ३.६९ प्रतिशतले घटेको छ ।  

तपाईको प्रतिक्रिया