शिक्षा
कक्षा १२ को नतिजा : एक लाख ८७ हजार २१ विद्यार्थी फेल
शुक्रबार श्रावण १८, २०८१/ Friday 08-02-24
काठमाडौँ । कक्षा १२ को परीक्षामा १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्। परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ६८६ जना विद्यार्थीमध्ये १ लाख ८७ हजार २१ जना फेल भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
प्रकाशित नतिजाअनुसार ९ हजार ५९१ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। १०२ जनाको परीक्षा भने रद्द गरिएको छ। दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।
तपाईको प्रतिक्रिया