बिहीबार २७ भदौ २०८१
राजनीति

टीआरसी विधेयकमा बलात्कारका दोषीलाई कुनै छुट हुँदैन : गृहमन्त्री लेखक

शनिबार श्रावण २६, २०८१/ Saturday 08-10-24

काठमाडौं । गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयक पीडित मैत्री रहेको बताएका छन्।

आज (शनिबार)  ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि: ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने बताए ।

बलात्कार घटनाका दोषीलाई सजाय कम गर्दा समाजमा राम्रो सन्देश नजाने गृहमन्त्री लेखकको भनाई छ।

गृहमन्त्री लेखकले भने,‘जहिले, जसरी भए पनि बलात्कार बलात्कार नै हो,त्यसमा कुनै अवस्थाले सजाय फरक हुँदैन । देशभरीमा अहिले पनि सबैभन्दा बढी बलात्कार घटनामा दोषी कैदी रहेछन्, यसमा सजाय घट्यो भने समाजमा के सन्देश जाला ?’

सबै सरोकारवालाको चासो हेर्दा संक्रमणकालीन न्यायसम्बन्धी कानुनमा योभन्दा राम्रो गर्न नसकिने बताए ।

तपाईको प्रतिक्रिया