काठमाडौं । आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् ।
आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।
आन्दोलनकारीहरुले दिउँसो १ बजेसम्म अल्टिमेटम दिएपछि उनले सोही अवधिभित्रै अदालत परिसरमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका हुन् ।
अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका हुन्।
अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए।
तपाईको प्रतिक्रिया