मंगलबार ६ कार्तिक २०८१
बिजनेस

बडीमालिका तिर्थयात्रा आज देखि सुरु

बुधबार श्रावण ३०, २०८१/ Wednesday 08-14-24

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका-०७ मा अवस्थित नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको तीर्थयात्रा प्रारम्भ भएको छ।बुधबार  बाजुराको पैमाबाट देविका गरगहना सहित पुजारी र सरकारीटोलीले बडीमालिकाको तीर्थयात्रा तय गरेका हुन्। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ।

प्रत्येक वर्ष जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू,सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार एक हप्ता अगाडी नै बाहिरबाट आउने गरेका छन्। बडीमालीका मन्दिर समुद्रीसतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ।  

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पूरा हुने विश्वास भक्तजनहरुमा छ।  

बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो। बडीमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन्। यी मध्ये १ जना कालिकोटबाट जान्छन् भने अर्को १ जना बाजुराका पूजारी छन्। डोटी,अछाम,बाजुरा,कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।

बडिमालिका क्षेत्रमा २२ वटा हरियाली फाँटहरु,दुईसय प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमूल्य जडिबुटिहरु,आश्चार्यजनक पौराणिक स्थहरु,हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन्। बडीमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन्।  

बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ। बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो,त्यति हुन सकेको छैन। बडिमालिकामा प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन मुख्य पूजा हुन्छ। त्यो समयमा केही स्थानीय व्यापारीहरूले पसल राख्ने गर्छन्। अन्य समयमा त्यहाँ पसलहरू खासै भेटिँदैनन्।  

मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ। बडीमालीका पुग्नका लागि उचित बास बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बासको जोहो आफै गर्नुपर्छ।  

बडीमालिकाको दर्शनपछी नाटेश्वरी दर्शन गर्नाले पाईन्छ पूर्ण फल 

नाटेश्वरी मन्दिर सुदुपश्चिमको एक पवित्र धार्मिक तिर्थस्थल हो। बडीमालिका र नाटेश्वरी बाजुराको एउटै नगरपालिकामा पर्छन् । बडीमालिका देवी बहिनी र नाटेश्वरी देवी दिदि भएको र बडीमालीकाको दर्शन पछी नाटेश्वरीको दर्शन गरेमा मात्र पूर्ण फल प्राप्त हुने धार्मिक विश्वास रहेको पाईन्छ। 

नाटेश्वरीमा भगवती देवीबाहेक कालिकादेवी र धल्पुरादेवीको पनि मन्दिर छ। यी तीनवटै मन्दिरमा फरक-फरक समयमा पूजाआजा गरिन्छ। भगवती देवीको पूजा गर्नेले बलि चढाउँदैनन्। कालिका देवीमा भने बलि चढाइन्छ। नाटेश्वरीमा वर्षको तीनपटक पूजाआजा तथा मेला लाग्छ। जनैपूर्णिमा, चैते अष्टमी र बडादसैँमा मेला लाग्छ। जेठको दशहरामा सुदूरपश्चिमको दिपायलबाट जर्नेल आएर पूजा गर्ने परम्परा छ। बडिमालिका दर्शन गरेर फर्किएपछि नाटेश्वरीमा पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया