नेप्से परिसूचक ३ हजार विन्दुमाथि, हालसम्मकै उच्च सेयर कारोबार
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यसदिन ३३४ स्क्रिप्सको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख ५१ लाख ९ हजार २१६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७ विन्दुमा अडिएको थियो। बुधबार २३ अर्ब ४३ करोड मूल्य बराबरको कारोबार भएको थियो।
यसैगरी मंगलबार भने नेप्सेमा करेक्सन आएको थियो। नेप्सेमा करेक्सन आउँदा कारोबार रकम पनि सोमबारको तुलनामा घटेको थियो। मंगलबार ८.१८ अंकले घटेको सेयर बजारमा २१ अर्बको कारोबार भएको थियो।
सोमबार नेप्से र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको थियो। सोमबार परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको थियो। सो दिन २७ अर्ब २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २८६०.९१ विन्दुमा पुगेको थियो। सो दिन २५ अर्ब ७७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
आज उच्च अंकले बढेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर,राष्ट्रिय बिमा कम्पनी,मोदी इनर्जी लिमिटेको सेयर १० प्रतिशतले बढ्यो।
नेपाल फाइनान्सका लगानीकर्ताले गुमाए। यो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९१ करोड ३३ लाख बराबरको सेयर कारोबार भयो।
तपाईको प्रतिक्रिया