मंगलबार ६ कार्तिक २०८१
शिक्षा

त्रिभुवन विश्वविद्यालयका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

सोमबार भदौ १७, २०८१/ Monday 09-02-24

काठमाण्डौ ।  त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाण्डौ उपत्यकाका तीनसहित ११ वटा क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

त्रिविले काठमाण्डौका रत्न राज्यलक्ष्मी क्याम्पस र विश्वभाषा क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, सुर्खेतको शिक्षा क्याम्पसका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो ।

यसैगरी सिराहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, जनकपुरको रामस्वरुप रामसागर क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, डोटीको डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो । योग्य उम्मेदवारले आउने २४ गतेभित्र आवेदन पठाउन सक्ने सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया