बिहीबार २७ भदौ २०८१
जीवनशैली

प्रवेश परीक्षा नतिजाको त्रुटि सच्याउन माग गर्दै मेडिकल विद्यार्थी आन्दोलित

बुधबार भदौ १९, २०८१/ Wednesday 09-04-24

काठमाडौं।चिकित्सा शिक्षा आयोगले एमबिबिएसलगायतको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलनमा छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले  सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन्। 

अयोगले १ भदौमा लिएको प्रवेश परीक्षाको नतिजा १४ भदौमा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक गर्दा योग्यताक्रम टाइब्रेकका आधारमा गर्नुपर्नेमा रोल नम्बरका आधारमा गर्दा त्रुटि भएको विद्यार्थीकाे दाबी छ।

गल्ति नहेराई फेल गर्नु भ्रष्टाचार भन्दै माइतीघर  मण्डलामा विरोध जनाइरहेका उनीहरुले ‘शिक्षा व्यापार होइन’, ‘विद्यार्थीको भविष्यसँग खेलबाड गर्न पाइँदैन’, पारदर्शीतालाई जिवित तुल्याई विद्यार्थीको भविष्य सुनिश्चित गरौँ’जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका छन्।

तपाईको प्रतिक्रिया