बुधबार २ माघ २०८१
खेलकुद

लिग-२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

मंगलबार भदौ २५, २०८१/ Tuesday 09-10-24

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा सहभागी हुने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। मंगलबार बिहान आयोजना गरिएको कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानले क्यानडा भ्रमणमा जान लागेको नेपाली टोलीलाई बिदाइ गरेको हो ।

टोली आज बेलुका क्यानडा उड्ने छ । लिग–२ को यो चरणमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडामा भदौ ३१ देखि सुरू हुने सिरिज असोज १० गते एकदिवसीय सिरिज सकिनेछ। क्यानडामै असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ। दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।

लिग-२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन्।

तपाईको प्रतिक्रिया