काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक विषय र संवैधानिक परिषदको विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएका स्रोतले बतायो ।
उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया