आइतबार २७ असोज २०८१
राजनीति

प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसदमा सम्बोधन गर्ने

बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रधानमन्त्री ओली आगामी असोज ४ गते संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुने अमेरिका जाँदैछन्।

भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण तालिका स्वीकृत गरेको थियो।

तपाईको प्रतिक्रिया