समाज
एकान्तकुनाको अवैध कल सेन्टरमा सिआइबीको छापा, चिनियाँसहित ५० जना पक्राउ
बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24
काठमाडौं । ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई जना चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ ।
नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।
तपाईको प्रतिक्रिया