बिहीबार ३ असोज २०८१
अर्थ

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

शुक्रबार भदौ २८, २०८१/ Friday 09-13-24

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। 

चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया