मंगलबार ६ कार्तिक २०८१
बिजनेस

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

आइतबार भदौ ३०, २०८१/ Sunday 09-15-24

काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको भदौ २७ गतेको निर्णयले हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

 

सीईओमा नियुक्ति सम्बन्धमा कम्पनी र श्रेष्ठबीच सम्झौता भएको छ। गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो समयदेखिकाे अनुभव छ ।

तपाईको प्रतिक्रिया