बिहीबार ३ असोज २०८१
अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सोमबार भदौ ३१, २०८१/ Monday 09-16-24

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। 

यसैगरी, आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया