बिहीबार ३ असोज २०८१
समाज

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता, तीन जना घाइते

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24

बझाङ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ट्याक्टर झनाना सडकबाट ५० मिटर तल सेती नदीमा खसेको छ । ट्याक्टरमा ५ जना सवार रहेकोमा २ जना बेपत्ता र ३ जना घाइते भएका छन् ।

बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती रहेका छन् । अन्य ३ जना ट्याक्टरमा सवार जाजरकोटकै हेमराज बिक, तपेन्द्र बिक र निरज बिक घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ताको अहिले खोजी कार्य भइरहेको छ भने घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ  ।

तपाईको प्रतिक्रिया