बिहीबार ३ असोज २०८१
राजनीति

राष्ट्रिय भेलामा सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन्।

हिजोदेखि सुरु भएको राष्ट्रिय भेला आज साँझ सकिँदैछ । भेला समापन अघि सभापति लामिछानेको प्रतिवेदन पेश हुने कार्यतालिका बनाइएको छ । सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेश गर्ने समय अपरान्ह ४:३० बजेका लागि तय गरिएको छ ।

भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट करिब १५ सय प्रतिनिधि छन्।

भेलाको दोस्रो दिन बुधबारको अन्तिम सत्रमा मात्रै सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ।

‘विधान संशोधनका क्रममा लामो छलफल भएकाले सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छैन। भेला सकिएपछि हातहातमा लिएर जानेजस्तो दस्तावेज बनेको छ। राजनीतिक विषयवस्तुमा लामो छलफल यसअघि नै भइसकेकाले प्रतिवेदनमाथि बोल्ने कार्यसूची नराखिएको हो,’ कार्यवाहक प्रवक्ता मनिष झाले सेतोपाटीसँग भने।

तपाईको प्रतिक्रिया