शुक्रबार ४ असोज २०८१
राजनीति

नदी किनारमा थप २० मिटर मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको नदी खोला किनारमा थप  २० मिटर मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रभावितरहरू प्रदर्शनमा उत्रिएका छन्। 

गत पुसमै भएको उक्त फैसलाको पूर्णपाठ  ८/९ महिनापछि आएपछि नदी खोला किनाराका स्थानीयहरूले चरणवद्ध रूपमा आन्दोलन गर्दै आइरहेका छन्।

बिहीबार दिउँसो माइतीघर मण्डलमा उपस्थित भएर उनीहरूले सर्वोच्चको उक्त आदेश बदरको माग गरेका हुन्।

राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिवधि गरिरहेका उनी उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । उनीसँगै मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन सायमी पनि सहभागी भएका छन् । 

तपाईको प्रतिक्रिया