शुक्रबार ४ असोज २०८१
राजनीति

प्रधानमन्त्रीको आग्रह : समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल बनाउनबाट जोगाउनुपर्ने बताएका छन् । 

सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश भाँडियो भने अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने पुस्तौंपुस्ता पछि पर्ने भन्दै सचेत रहन आग्रह गरे ।

गत वर्षको भदौमा शाहले केन्द्रीय सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाउँछु भनेर लेखेका थिए । पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको रिसमा उनले २०८० भदौ १६ गते शनिबार राति लेखेका थिए, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ जसको व्यापक आलोचना भएपछि उनले सो पोस्ट हटाएका थिए ।

उनले भने, ‘तपाईहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गछौं । सुशासन कायम त हामी गर्छौं गछौं । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।’

 

तपाईको प्रतिक्रिया