बिहीबार ३ असोज २०८१
अर्थ

सेयर बजारमा गिरावट जारी, कारोबार ५ अर्बमा सीमित

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार चार अंकले घटेको छ । नेप्से ०.१५ प्रतिशतले घटेर २५७६.७६ को विन्दुमा पुगेको छ ।

आज एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.६७ प्रतिशतले घटेको छ ।

सोमबार ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार  १० अर्ब ३३ करोड मूल्य बराबरको कारोबार भएको थियो। एकल अंकले ओरालो लागेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कालिका लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो।

यसैगरी स्वरोजगार लघुवित्त वित्तीय संस्था,रावा इनर्जी डेभलपमेन्ट,भूगोल डेभलपमेन्ट कम्पनीको सेयर ७/७ प्रतिशतले बढ्दा सुपर माइ हाइड्रोपावरको सेयर ६.०२ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० अर्ब ८ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल फाइनान्सको १६ अर्ब बराबरको सेयर कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको १५ करोड,साहास ऊर्जाको १३ करोड र गुडविल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।  बैंकिङ र नन लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दा अन्यको घटेको हो।

यसदिन कारोबारमा आएका स्टक्समध्ये  ७४ वटाको  मूल्य बढ्दा १६३ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो।

भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले कारोबार बन्द रहनेछ । अब आइतबार मात्रै कारोबार खुल्ने छ ।

तपाईको प्रतिक्रिया