मंगलबार ६ कार्तिक २०८१
बिजनेस

एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

सोमबार असोज ७, २०८१/ Monday 09-23-24

काठमाडौ‌ ।  एनएमबि बैंक, डिभी एक्सेलस प्रालि (खेती एप) र बागमती गाउँपालिका मकवानपुरबिच गाउँपालिकाका किसानलाई डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ। 

सम्झौतापत्रमा बैंकका लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेलसका सहसंस्थापक न्युराज कार्की र गाउँपालिका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका हुन्।

बैंक र डिभी एक्सेलसबिच खेती एपमार्फत किसानलाई डिजिटल कर्जा प्रदान गर्ने सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेको छ,जसमा बागमती गाउँपालिकाले सहजीकरण गर्नेछ । गाउँपालिकाले किसान तथा कृषि व्यवसायीको आर्थिक अवस्थामा सुधार ल्याउन त्रिपक्षीय सम्झौता भएको बताएको छ । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रम गरिरहेको बताए । अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा सुरु गरिएको एनएमबि खेती कर्जा छिट्टै देशभर सुरु गर्ने तयारी गर्न लागिएको पनि बताइएको छ । 

तपाईको प्रतिक्रिया