आइतबार २७ असोज २०८१
राजनीति

ओलीले बोलाए संसदीय दलको बैठक

मंगलबार असोज १५, २०८१/ Tuesday 10-01-24

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । एमालेले मंगलबार दिउँसो १२ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको हो ।  

प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओली संसद्को अधिवेशन सकिएलगत्तै संयुक्त राष्ट्र संघको महासभामा घाग लिन अमेरिका गएकाले संसदीय दलको बैठक बसेको थिएन ।

अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानले पारेको प्रभाव, पीडितलाई उद्धार, राहतलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको एमाले सचेतक सुनिता बरालले जानकारी दिइन् । संसदीय दलको बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया