सोमबार १५ पौष २०८१
समाज

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा

मंगलबार असोज १५, २०८१/ Tuesday 10-01-24

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै दाय गरिएको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।  

सोमबार पनि उक्त  मुद्दा पेसीमा चढेपनि ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा परेको थियो ।  न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएको थियो । 

साइबर अपराधको आरोपमा पक्राउ  परेका प्रसाईंलाई रिहाईको माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । 

उक्त रिटमा असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको  थियो । 

तपाईको प्रतिक्रिया