समाज
अलपत्र यात्रुहरुको तत्काल उद्धार गर्न राज्य व्यवस्था समितिको निर्देशन
मंगलबार असोज १५, २०८१/ Tuesday 10-01-24
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।
त्यस्तै बैठकले विभिन्न सडकमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन पनि सरकारलाई निर्देशन दिएको छ । राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।
तपाईको प्रतिक्रिया