शनिबार १९ असोज २०८१
समाज

पूर्वी र मध्य क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना, मनसुन सकिन अझै केही दिन लाग्ने

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24

काठमाण्डौ । मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि देशका पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर ठूलो वर्षा र लगातार झरीको सम्भावना भने नरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सकिन अझै केही दिन लाग्नेछ ।

सामान्यतया यतिबेला मनसुन सकिनुपर्ने भए पनि यसवर्ष लम्बिएको छ । पश्चिमी भेगमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको, तर मध्य र पूर्वी क्षेत्रमा कायमै रहेको मौसमविद्ले बताएका छन् ।

तपाईको प्रतिक्रिया