शनिबार १९ असोज २०८१
समाज

विपद् कोषमा बागमतीका मुख्यमन्त्री र मन्त्रीहरूको १५ दिनको तलब जम्मा गरिने

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित उनका क्याबिनेटका मन्त्रीहरुले बाढी प्रभावितलाई आधा महिनाको तलव सहयोग गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लामासहित उनको क्याबिनेटका १४ जना मन्त्रीले आधा महिनाको तलव बाढी प्रभावितका लागि निर्माण गरिएको प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

जसअनुसार विपद् कोषमा मन्त्रीहरूले प्राप्त गर्दै आएको ६० हजार २२० रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार ७३० रुपैयाँको आधा रकम ३५ हजार ३६५ रुपैयाँ जम्मा हुनेछ ।

तपाईको प्रतिक्रिया