शनिबार १९ असोज २०८१
समाज

नुवाकोटमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, पाँच घाइते

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24

त्रिशूली । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी गाउँपालिका–८, काफलडाँडामा दुर्घटना हुँदा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । गम्भीर घाइते खनालको उपचारका निम्ति काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया