मंगलबार ६ कार्तिक २०८१
जीवनशैली

बाढीपहिरोमा परेर घाइते भएकाहरूको नि:शुल्क उपचार गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्।

काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले नि:शुल्क उपचार गर्ने बताएका हुन्।

‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ।

साथै विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गरिने पनि मन्त्री पौडेलले बताएका छन्।

तपाईको प्रतिक्रिया