मंगलबार ६ कार्तिक २०८१
बिजनेस

बैंक सञ्चालक भएका व्यक्ति सहकारी सञ्चालक हुन नपाउने

बुधबार असोज २३, २०८१/ Wednesday 10-09-24

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालगायत अन्य एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने व्यवस्था गरेको छ ।

एउटा संस्थामा सञ्चालक रहेको व्यक्ति एकैपटक अर्को संस्थालगायत सहकारी ऐन, २०७४ अन्तर्गत सञ्चालित बचत तथा ऋण सहकारी संस्था तथा बिमासम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्थासमेतको सञ्चालक, सल्लाहकार वा कुनै पनि पदमा रहन नपाइने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मंगलबार एकीकृत निर्देशन जारी गर्दै कडाइ गरिएको हो । बैंक तथा वित्तीय संस्थामा सञ्चालक र कर्मचारी भई काम गर्ने अनि सहकारीमा पनि कार्य गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था गरिएको हो । यसअघि दुईवटा बैंकिङ क्षेत्रमा मात्र आबद्ध हुन नपाइने व्यवस्था रहेकामा अहिले सहकारीमा पनि रहन नपाइने व्यवस्था गरेको हो ।

 

तपाईको प्रतिक्रिया