मंगलबार ६ कार्तिक २०८१
बिजनेस

मन्थलीमै रोकिए एक हजारभन्दा धेरै पर्यटक

मंगलबार असोज २९, २०८१/ Tuesday 10-15-24

मन्थली (रामेछाप) । सोलुखुम्बुको लुक्ला जान मन्थली पुगेका एक हजारभन्दा धेरै विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान आएका एक हजार ३०० विदेशी पर्यटक मौसम प्रतिकूल भएपछि रोकिएका हुन् । 

रोकिएका पर्यटक कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् ।

नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरू शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् । रासस

तपाईको प्रतिक्रिया