मंगलबार ६ कार्तिक २०८१
मनोरन्जन

‘वान डाइरेक्सन’ का स्टार लियामको ३१ वर्षको उमेरमा निधन

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24

काठमाडौं । पप ब्यान्ड वन डाइरेक्सनका चर्चित गायक लियाम पेनको निधन भएको छ । 

अर्जेन्टिनाको ब्युनस आयर्सस्थित होटेलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षका पेनको मृत्यु भएको हो । 

ब्युनस आर्यसको प्रहरीले कासा सुर होटलबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। चिकित्सकहरूले पेनको घटनास्थलमै मृत्यु भएको पुष्टी समेत गरेको ब्युनस आयर्स प्रहरीले वक्तव्यमा भनेको छ।

अर्जेन्टिनाको रक्षा मन्त्रालयका सूचना निर्देशक पाब्लो पोलिसिचियोले भने बुधबार साँझ ५ बजे पेन आफू बस्दै आएको होटल कोठाको तेस्रो तल्लाबाट हामफालेको बताएका छन्। एपीसँगको कुराकानीमा निर्देशक पोलिसिचियोले प्रहरीको इमरजेन्सी नम्बरमा घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी होटलमा पुगेको बताए।

पेनले अत्यधिक मदिरा वा लागू पदार्थको सेवन गरेको हुनसक्ने अनुमान गरिएको पनि निर्देशक पोलिसिचियोले एपीसँग बताएका छन्। प्रहरीले पेन नशामा थिए थिएनन् भन्ने विषय पोस्टमर्टम रिपोर्टपछि खुल्ने बताएको छ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । यो महिनाको अन्त्यमा उनले अर्जेन्टिना भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएका थिए । बीबीसी

तपाईको प्रतिक्रिया