मंगलबार ६ कार्तिक २०८१
शिक्षा

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत पास

आइतबार कार्तिक ४, २०८१/ Sunday 10-20-24

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गएको भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो । 

प्रकाशित नतिजा अनुसार ७०.६० प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । एक लाख २२ हजार १७१ जना सहभागी भएकामा ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । 

कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया