मंगलबार ६ कार्तिक २०८१
मनोरन्जन

काठमाडौँमा कन्सर्ट गर्दै बलिउड गायक जुबिन नौटियाल

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24

काठमाडौँ । भारतीय गायक जुबिन नौटियालले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

एन अटिजम केयर फाउन्डेसनले अटिजम भएका बालबालिकाको सहयोगार्थ नेपालमा भारतीय गायक जुबिन नौटियालको कन्सर्ट गराउन लागेको हो ।

नौटियालको कन्सर्ट १४ डिसेम्बर २०२४(मंसिर २९ गते शनिबार) मा हयात होटल परिसरमा हुनेछ ।

कन्सर्टको उद्देश्य अटिजम भएका व्यक्तिहरूसहित समावेशी समाज सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ । अटिजम भएका व्यक्तिले अटिजमसहित समाजमा सम्मानपूर्वक जीवन जिउन सक्छन् भन्ने स्थापित गर्नु नै प्रमुख उद्देश्य रहेको जनाइएको छ ।

सन् २०२२ मा उत्कृष्ट पाश्र्व गायनका लागि आईफा अवार्ड प्राप्त गरेका नौटियालका 'मेरी मा के बराबर केही नहि', 'मेरे घर राम आए हे','मेरि जिन्दगी हे तु'लगायतका सयौं चर्चित गीत छन् ।

तपाईको प्रतिक्रिया