समाज
नेपाल र बंगलादेशको खेल हेर्न जाने दर्शकका लागि ६ स्थानमा पार्किङको व्यवस्था
बुधबार कार्तिक १४, २०८१/ Wednesday 10-30-24
काठमाडौं । नेपाल-बंगलादेशबीचको साफ च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि ६ वटा स्थानमा पार्किङ तोकिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनका लागि ६ वटा स्थानमा पार्किङ तोकेको हो।
कार्यालयका अनुसार खेलकुद परिषदको पार्किङ, आँखा अस्पताल, आर्मी हेडक्वार्टर अगाडि, त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पछाडि करिडोर र कुपण्डोल क्षेत्र तोकिएको छ।
करिडोर क्षेत्रमा दुई पांग्रे र चार पांग्रे सवारीसाधन राख्न सकिनेछ। काठमाडौंको भ्यूटावर पुरानो बसपार्कमा पनि दुई पांग्रे र चार पांग्रे राख्न सकिनेछ।
धरहरामा पनि दुई पांग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ। नेपाल-बंगलादेशबीच साँझ साढे ६ बजे फाइनल खेल सुरू हुँदैछ।
तपाईको प्रतिक्रिया