सोमबार १७ मङ्सिर २०८१
समाज

सीतापाइला–धार्के सडक फेरि १५ दिन बन्द

बिहीबार कार्तिक २२, २०८१/ Thursday 11-07-24

काठमाडौं । सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक फेरी १५ दिनका लागि बन्द हुने भएको छ । सडक स्तरोन्नतिका निम्ति बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी गराएको छ ।

काठमाडौंको सीतापाइलादेखि धादिङ धार्केबजारसम्मको उक्त सडकखण्डको दूरी २४ किलोमिटर छ । त्यस अवधिमा वैकल्पिक माग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । यही कात्तिक ६ देखि १२ गतेसम्म पनि उक्त सडकखण्ड कालोपत्रका निम्ति बन्द गरिएको थियो ।

उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने तयारी गरीएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ २३ कात्तिकदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

यो अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया