सोमबार १७ मङ्सिर २०८१
जीवनशैली

स्वास्थ्य बीमा बोर्ड नेतृत्वविहीन

सोमबार कार्तिक २६, २०८१/ Monday 11-11-24

काठमाडौँ । स्वास्थ्य बीमा बोर्ड यतिवेला नेतृत्व विहीन बनेको छ ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ मा पूरा भएसँगै बीमा बोर्ड नेतृत्वविहीन भएको हो । अध्यक्ष रहेका डा. गुणराज लोहनीले दुई महिना अघि (२८ भदौमा) राजिनामा दिएका थिए । तर उनको राजिनमा अहिलेसम्म स्वीकृत भएको छैन ।

बोर्डको नेतृत्व रिक्त हुन पूर्व जानकारी भएपनि मन्त्रालयले त्यसको वैकल्पिक व्यवस्था गरेको छैन । बोर्डमा नेतृत्व खाली रहँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत महाशाखाका कुनै कर्मचारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया