सोमबार १७ मङ्सिर २०८१
अर्थ

सेयर बजार २७३४ अंकमा झर्‍यो, सात अर्ब ९१ करोडको कारोबार

बुधबार कार्तिक २८, २०८१/ Wednesday 11-13-24

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो ।

यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । 

सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

त्यस्तै विकास बैंक १.४७ र हाइड्रोपावर सूचक ०.८१ प्रतिशत बढे । बैंकिङ १.३७, होटल तथा पर्यटन ०.०६, लगानी १.११, जीवन बीमा १.१९, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा १.२३, अन्य ०.८३ तथा व्यापार समूह १.६१ प्रतिशत घटे ।

तपाईको प्रतिक्रिया