सोमबार १७ मङ्सिर २०८१
प्रविधी

नेपाल टेलिकमको नेटवर्कमा समस्या

आइतबार मङ्सिर २, २०८१/ Sunday 11-17-24

काठमाडौं । सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको कल (भ्वाइस) तथा डाटा सेवामा समस्या आएको छ । 

टेलिकमको सेवा प्रयोग गरेर मोबाइल फोन गर्दा केही समस्या देखिएको भए पनि अहिले समाधान भइसकेको टेलिकमका सहप्रवक्ता नविन कुमार मिश्रले बताए।

उनका अनुसार कहाँ समस्या आएको हो पत्ता लागिसकेको छैन।

टेलिकमको सेवा प्रयोग गरेर एसएमएस पठाउँदा, डाटा चलाउँदा समस्या आइरहेको गुनासो आएको उनले बताए।

आइतबार करिब आधा घण्टासम्म जीएसएम नेटवर्कको फोन कल तथा मोबाइल इन्टरनेटमा समस्या आएको हो ।

टेलिकमका प्रवक्ता हरि ढकालले आइतबार मध्याह्न १२ बजेर १० मिनेटमा सम्पर्क हुँदा भने समस्या समाधान भइसकेको बताएका छन् । आज बिहान ११ बजेबाट समस्या आएको थियो।

 

तपाईको प्रतिक्रिया