बिहीबार ६ मङ्सिर २०८१
अर्थ

३१ अंकले घटेर सेयर बजार बन्द, सवा ८ अर्बको कारोबार

बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २६८०.४४ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ ।

यस दिन आठ अर्ब २५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 

तपाईको प्रतिक्रिया