बिहीबार ६ मङ्सिर २०८१
समाज

दुर्गा प्रसाईंलाई आज अदालत लगिँदै

बुधबार मङ्सिर ५, २०८१/ Wednesday 11-20-24

काठमाडौं ।  साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने भएको छ। 

हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको साइबर ब्युरो स्रोतले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो। 

उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनुपर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको हो।  अस्ति (सोमबार) प्रसाईँले कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको प्रमाण भन्दै नक्कली र किर्ते गरिएका कागज सार्वजनिक गरेका थिए। 

प्रधानमन्त्री ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने सीआईबीका एसपी तथा प्रवक्ता होबिद्र बोगटीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया