काठमाडौं।जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।
निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।
तपाईको प्रतिक्रिया