खेलकुद
काठमान्डु गुर्खाज १११ रनमै सिमितः सोहेल तनविरले लिए एकै खेलमा पाँच विकेट
सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24
काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो ।
खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे। उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।
३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।
काठमाडन्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।
तपाईको प्रतिक्रिया