बिहीबार ११ पौष २०८१
राजनीति

कीर्तिपुरकाे मेयरमा कांग्रेसका डंगोलले बढाए मतान्तर, पछ्याउँदै एमाले

सोमबार मङ्सिर १७, २०८१/ Monday 12-02-24

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता झन फराकिलो बनाउँदै गएको छ। आइतबार भएको उपनिर्वाचनको मत गणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै राखेको छ।

पछिल्लो गणनाअनुसार, काँग्रेसका उम्मेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन (केटाकेटी चुनाव चिह्न) ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारी (कैंची चुनाव चिह्न) ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया