अर्थ
सेयर बजार झन्डै २५ अङ्कले घटेर २७५० विन्दुमा, बढ्यो कारोबार
बुधबार मङ्सिर १९, २०८१/ Wednesday 12-04-24
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।
आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
तपाईको प्रतिक्रिया