![](https://deshdainik.com/uploads/news/images/bank2024-12-10-01-45-31.jpeg)
काठमाडौं । चालु आर्थिक वर्षको असोजभन्दा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको असोजको तुलनमा कात्तिकमा बैंकिङ क्षेत्रको नाफा ३८.२ प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष ०७९र०८० को अन्तिम महिना असारको तुलनामा गत आर्थिक वर्षको अन्तिम महिना असारमा ८.८१ प्रतिशतले घटेको बैंकिङ क्षेत्रको नाफामा पछिल्लो समय सुधार भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ०७८/०७९ को असारको तुलनामा आर्थिक वर्ष ०७९/०८० को असारमा बैंकिङ क्षेत्रको नाफा ६.७९ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको असोजमा बैंकिङ क्षेत्रले १८ अर्ब १० करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा कात्तिकमा सो नाफा वृद्धि भएर २४ अर्ब ९९ करोड १० लाख रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया